धनगढी । कैलालीको अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अर्का गम्भिर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्लाको गोदावरी नगरपालिका–१ मनिसा पेट्रोल पम्प नजिक आज से २ प ९८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर शनिबार दुर्घटना भएको होे। दुर्घटनामा परेर चालक डडेल्धुरको आलिताल गाउँपालिका–७ का २२ वर्षीय नविन बहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका–५ का विजय जोशी घाइते भएका छन्। नविनको उपचारकोक्रममा पदमा अस्पतालमा मृत्यु भएको हो। घाइते जोशीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।