२० वर्षीया युवतीमाथि सामुहिक जबरजस्ती करणी गर्ने तीन पक्राउ

डडेल्धुरा । डडेल्धुरामा २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भागेश्वर गाउँपालिका ३ ओड गाउँका २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड र  २८ वर्षीय दिपक ओड रहेका छन्।

एक १८ वर्षीय किशोर भने फरार रहेका छन्। कमल र १८ वर्षीय किशोरले ती युवतीलाई गत वैशाख ५ गते दिउँसो सोही ठाउँस्थित नानिगाड खोलामा करणी गरेको खुलेको छ। त्यस्तै तपेन्द्र र दिपकले गत वैशाख १२ गते साँझ सोही गाउँपालिका डेकास्थित बाझो घरको गोठमा लगि जबरजस्ती करणी गरेकोे उनीहरुमाथि उजुरी परेको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी लामिकाण्डेबाट खटिएको प्रहरीले तीन जनालाई पक्राउ गरेको हो। घटनामा संलग्न मुख्य किशोर भने फरार रहेका छन्। फरार किशोरको प्रहरीले तीव्र खोजी गरिरहेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.