सेती प्रादेशिक अस्पतालको प्रमुखमा डाक्टर कमर नियुक्त

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीको मेडिकल सुपरिटेन्डेन्टमा डाक्टर. शेरबहादुर कमर नियुक्त भएका छन्। सोमबार सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले कमरलाई सो पदमा नियुक्त गरेको हो।

डाक्टर हेमराज पाण्डेको महाकाली अस्पतालमा सरुवा भएपछि निमित्त मेसु रहेर काम गर्दै आएका कमरलाई सोमबार मन्त्रालयले उक्त जिम्मेवारी दिएको हो। उनी सेती प्रादेशिक अस्पतालका सबैभन्दा वरिष्ठ चिकित्सक हुन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.