धनगढी । कैलालीको धनगढीबाट २६ लाख बढी मुल्य बराबरका तस्करीको सामान जफत गरिएको छ। भारतबाट लुकाईछिपाई आयात गरिएको सो सामान ना ५ ख ४७३२ नंम्बरको बसभित्र फेला परेको थियो। बसलाई धनगढी उपमहानगरपालिका–३ त्रीनगर भन्सारबाट नियन्त्रणमा लिएको हो।
विहिबार करिब ९ बजे प्रहरी चौकी त्रिनगरबाट खटिएको टोली र जिल्ला प्रहरी कार्यालय कैलालीबाट मोटरसाइकलमा गएको गस्ती टोलीले बस, अबैध सामान र संलग्न व्यक्ति कञ्चनपुरको दोधरा–चाँदनी नगरपालिका–९ का ४० वर्षीय राहुल सिलवाललाई नियन्त्रणमा लिएको हो। बसभित्र २६ लाख ६६ हजार मुल्य बराबरको सामान फेला परेको हो।
बसभित्र भारतबाट लुकाएर ल्याउँदै गरेको मोवाइल पार्ट, नक्कली गरगहना, कर्क, ब्याट्री र ईन्भटर लगायतका गरी २६ लाख ६६ हजार मुल्य बराबरका अबैध सामान प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएको बस छोडिएको छ भने सामान र संलग्न व्यक्तिलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय चलान गरिएको प्रहरीले जनाएको छ।