राजकीय सम्मानका साथ नेम्वाङको शवयात्रा सुरु

काठमाडौं। संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । सोमबार राति हृदयाघातबाट निधन भएका नेम्वाङको पार्थिव शरीर उनको निवासबाट राजकीय सम्मानका लाथ निकालेर अहिले अन्त्येष्टिका लागि पशुपति आर्यघाटतर्फ लगिँदै छ ।

बालुवारटारमै नेपाली सेनाको एक टुकडीले सलामी पनि दिएको छ । उनको पार्थिव शरीर बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज, नारायणगोपाल चोक, धुम्वाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाट पुर्‍याइने छ । नेम्वाङको निधनमा आज सरकारले सार्वजनिक बिदा दिइएको छ ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.