काठमान्डौ। संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ । घरमै हृदयाघात भएर ढलेका उनलाई उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो तर उनको बाटोमै निधन भएको जनाइएको छ ।
शिक्षण अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा. रमेश महर्जनका अनुसार, नेम्वाङलाई राती १ः२० बजे अस्पताल ल्याएको थियो । अस्पताल ल्याउँदा नै उनको शरीर चिसो भइसकेको थियो । डा. महर्जनका अनुसार, नेता नेम्बाङको ४ः२० मिनेटमा औपचारिकरुपमा निधन भएको अस्पतालले घोषणा गरेको हो ।

अस्पतालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू । तस्बिर : राजन काफ्ले
वाथरुम जाने क्रममा उनी ढलेका र परिवारका सदस्यले तत्कालै उपचारका लागि अस्पतालमा पुराएका थिए तर उनको बाटोमै निधन भएको थियो ।