डडेल्धुरा। माेटरसाइकमा सवार रहेका बेला सडक माथिबाट खसेको ढुङ्गा लागी गम्भिर घाईते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
शनीबार साँझतिर दिपायलबाट डडेल्धुरातर्फ आउदै गरेको अमरगढी न.पा. ४ बस्ने बर्ष ३५ को नरेन्द्र पनेरुले चलाईरहेको म.१प. ८८३०नं. को मोटरसाईकल पछाडी सवार अमरगढी न.पा.४ बस्ने बर्ष १८ को राकेश ऐरको टाउकोमा अचानक सडक माथिबाट खसेको ढुङ्गा लागी गम्भिर घाईते भएका थिए । घाइते उनलाई डडेल्धुरा अस्पतालबाट धनगढी रिफर गरेको थियाे ।
धनगढीस्थित निसर्ग अस्पतालमा उपचारकै क्रममा आज आईतबार बिहानतिर मृत्यु हो । मोटरसाईकल चालक सकुशल रहेको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।