‘आत्महत्या राेकथाम गर्न सरकार नीति बनाउँदैछ’ मन्त्री साउँद

विश्व आत्महत्या राेकथाम दिवस

धनगढी । सुदूरपश्चिम प्रदेशमा आत्महत्या गर्नेहरुको संख्या वर्षेनी बढ्दै गएको प्रहरी तथ्याङ्कले देखाएको छ । मानसिक स्वास्थ्यमा समस्या, लागुऔषध दुर्ब्येशन, लहड, सामान्य घरायसी विवाद र अशिक्षा लगायतका कारणले सुदूरपश्चिममा आत्महत्या बढिरहेको प्रहरीको भनाई छ ।

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आज आइतबार लायन्स क्लव धनगढीले किशोरावस्थाका बिधार्थी, शिक्षक, अभिभावक र सरोकारवालासँग आयोजना गरेको अन्तरकृर्या कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटवहादुर साउँदले आत्महत्य गर्नमा विभिन्न तत्व कारक भएपनि लागुऔषध दुर्ब्येशन मुख्य रहेको देखिएकोले प्रदेश सरकार यसबिरुद्ध नीति बनाएर नै लाग्ने र सो प्रयासमा समाजका सबै क्षेत्रको सहयोग रहनुपर्ने बताए ।

उता, प्रदेश प्रहरी कार्यालय धनगढीको तथ्याङ्कअनुसार पछिल्लो तीन वर्षयता प्रदेशमा सबैभन्दा झुण्डिएर आत्महत्या गर्नेको संख्या छ । चालु आर्थिक वर्षको पहिलो महिनामा नौवटै जिल्लामा सात जनाले आत्महत्या गरेका छन् । गतवर्ष सुदूरपश्चिममा छ सय ८६ जना र त्यसभन्दा अघिल्लो आर्थिक वर्षमा पाँच सय ७६ जनाले आत्महत्या गरेको तथ्याङ्क छ ।

आत्महत्या गर्ने धेरैमा विष खाएर, झुण्डिएर, पानीमा हामफालेर, करेन्ट लगाएर हुने गरेको छ । गत आर्थिक वर्षमा सबैभन्दा बढी कैलालीमा दुई सय ३३ जनाले आत्महत्या गरेका छनभने कञ्चनपुरमा एक सय १९, डोटीमा १५, अछाममा बीस जना, बाजुरा २०, बैतडी र बझाङमा २४/२४, दार्चुलामा २५ र डडेल्धुरामा २७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ ।May be an image of 3 people

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.