Dashain Suvakamana

चितुवाको आक्रमणबाट अछाममा एक महिला घाइते

अछाम। गोठ छाना नजिकै घाँस काट्नेक्रममा चितुवाको आक्रमणमा परी रामारोशन गाउँपालिकाकी एक महिला घाइते भएकी छन् । चितुवाको आक्रमणबाट रामारोशन गाउँपालिका –६ भटाकाटिया निवासी अन्दाजी ३५ वर्षीया हैकला साउद घाइते भएकी हुन् ।  

भटाकाटियाको परिवन भन्ने ठाउँमा हैकला घाँस काटिरहेका बेलामा गोठ छानामा लुकेर बसेको चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट हैकलाको कुमको तलपट्टी चोट लागेको छ । चितुवाले आक्रमण गर्नेबित्तिकै हैकलाले हल्ला गरेकाले करिब तीनसय मिटर पर रहेका व्यक्तिहरु आएपछि चितुवा भागेको थियो । 

दुई हप्ताअघि सोही गाउँपालिका –७ सुतारमा एक बालकलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो । भटाकाटिया र सुतार क्षेत्रका ५० भन्दा बढी गाईगोरु, बाख्रालाई मारिसकेको स्थानीय कमल साउँदले बताए । चितुवा नियन्त्रणका लागि स्थानीयले प्रहरी र प्रशासनसँग माग गरेका छन् । चितुवाको डरले विद्यालय जानआउन पनि विद्यार्थीलाई समस्या भएको कमलको भनाइ छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.