समाजवादी माेर्चाकाे धनगढी सन्देश सभा स्थगित

धनगढी । चार दलिय समाजवादी मोर्चाको बुधवार सुदूरपश्चिमकाे धनगढीमा हुने भनिएकाे सन्देश सभा स्थगित भएकाे छ । हिजाे मात्रै नेकपा (एकीकृत समाजवादी) का सुदूरपश्चिम इन्चार्ज गरिमा शाहले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित समाजवादी मोर्चाका नेताहरूले सभालाई सम्बाेधन गर्ने बताएकि थिइन् ।

सन्देश सभा स्थगित भएकाे माओवादी केन्द्रका नेता एव‌ सुदूरपश्चिम प्रदेश सामाजिक विकासमन्त्री झपट साउँदले जानकारी दिए । पूर्ण तयारी भैइसकेकाे तर अहिले स्थगितकाे खबर आएकाे उनले बताए । यसबारे बिस्तृत बुझ्न सम्पर्क भैइरहेकाे उनकाे भनाई छ ।

स्थगित भएकाे बारे जानकारी अर्का माओवादी नेता एव‌ सांसद ओमबिक्रम भाट सरलले समेत जानकारी दिएका छन् ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.