धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट वहादुर साउँदले डडेल्धुरा पुगेर क्याम्पस सञ्चालनमा सहयाेग गर्ने बाचा गरेका छन् । विहीवार जिल्लाकाे आलिताल गाउँपालिका पुगेर मन्त्री साउँदले स्थानीय सराेकारवालासँग डाेलामा रहेकाे दुर्गा मा.विलाई बहुमुखी क्याम्पस बनाउन पहल गर्ने बताएका हुन् ।
विधालयलाई क्याम्पस बनाउनेक्रममा स्थलगत भ्रमणमा मन्त्री साउँदसँगै रहेका नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता खगराज भट्ट जाे आलिताल क्षेत्रबाट निर्वाचित प्रदेश सांसद हुन, प्रदेश सांसद जानकी कुवर पाैडयालले स्थानीय जनप्रतिधि, अभिभावक, शिक्षक,बिधालय ब्यवस्थापन समिति र सराेकारवाला पक्षबाट उठान भएका बिषयहरूप्रति प्रदेश सरकार गम्भीर रहने बताए ।
मन्त्री साउँदले भने- ‘तपाईहरु प्रकृयागत तयारी अगाडी बढ्नुस्, भाैतिक संरचनादेखि आवश्यक अन्य सहयाेग गर्न प्रदेश सरकार तपाईहरुकाे साथमा छ ।’ प्रदेश सरकारबाट हुँदै गरेका कामबारे प्रस्ट्याउदै उनले ग्रामिण जनताकाे शिक्षा स्वास्थ र आयआर्जन बढाउन र याे रंगुन उपत्यका क्षेत्रकै सिङ्गाे बिकासकाे लागि सरकार लागिपरेकाे बताए ।