कैलालीमा डेङ्गुका बिरामी १३५ पुगे, संक्रमण बढ्दै

धनगढी। कैलालीमा डेङ्गुका बिरामी बढ्दै गएकाले रोकथामको अभियानलाई अझ प्रभावकारी बनाउन जरुरी रहेको स्वास्थ्यकर्मीले बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको डेङ्गु रोगको रोकथाम तथा नियन्त्रणस्म्बन्धी सञ्चारकर्मीसहित सरोकारवाला सँगको अन्तरक्रियामा अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताइएको हो । 

कार्यक्रममा डेङ्गु नियन्त्रणका लागि लार्भा खोजी र नष्ट अभियानलाई जेठबाटै सञ्चालन गरिए पनि केस बढ्दै जाँदा अभियान अझै अपुग रहेको पुष्टि भएकोे जनस्वास्थ्य निरीक्षक विमला ज्ञावालीले बताए । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार यो वर्षको साउन मसान्तसम्म कैलालीमा डेङ्गुका बिरामीको संख्या १३५ पुगेको छ ।

डेङ्गुको सङ्क्रमण बढ्दोक्रममा देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सरुवा रोग स्रोतव्यक्ति मीनबहादुर धामीले बताए। उका अनुसार गत वर्ष ४५५ जनामा डेङ्गु सङ्क्रमण भएको थियो । जसमध्ये तीन जनाको ज्यान गएको छ ।  यसअघि, आर्थिक वर्ष २०७६–७७ मा ४१, २०७७–७८ मा १०१ र २०७८–७९ मा १९८ जनामा डेङ्गु पुष्टि भएको थियो । 

एडिस प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्ने गरेको छ । यो प्रजातिको लामखुट्टेले दिउँसोमा मात्रै मानिसलाई टोक्ने गर्छ । भाइरसबाट लाग्ने डेङ्गु रोग रोकथामको एकमात्र भरपर्दो उपाय डेङ्गु सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट अभियान रहेको जनाइएको छ ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.