
महेन्द्रनगर । कञ्चनपुरको बनबासा बाेडरमा दुई जना बेहोस अवस्थामा फेला परेका छन्। बनबासा पुल र बजारको बिचमा पर्ने जंगलको रोड साइडमा दुई जना पुरुष शनिवार बेहोस अवस्थामा फेला परेका हुन्।
उनीहरुलाई लुटेराहरुले लुटेर बेहोस हुने औषधि खुवाएको हुनसक्ने प्रत्यक्षदर्षिले बताए। बेहोस मध्ये एकको अछाम घर भएका राम बुढा र अर्को परिचय खुलेको छैन्। उनीहरु भारतीय प्रहरीको जिम्मामा रहेका छन्।
