महाकालीमा बाढी, सतर्कता अपनाउन आग्रह

धनगढी । लगातारको वर्षापछि महाकाली नदीमा बाढी आएको छ । बाढी बढ्दै गएपछि स्थानीय प्रशासनले नदीतटीय क्षेत्र डडेल्धुरा र कञ्चनपुरका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

डडेलधुरास्थित पारिगाउँ बाढी मापन केन्द्रले महाकाली नदीको जलसतह बढेको जनाएको हो । जल तथा मौसम विज्ञान विभागले पनि सूचना जारी गर्दै महाकाली नदीमा ठूलो बाढी आएकाले नदीतटीय क्षेत्रमा सकर्तता अपनाउन आग्रह गरेको छ । दिउँसो १ बजेसम्म बाढीको बढी जोखिम रहेको विभागले जनाइएको छ ।

मनसुनको न्यून चापीय रेखा नेपाल नजिक आएकाले आज, भोलि र पर्सि तीन दिन देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएकाे छ। केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। अबका तीन दिन देशभरका नदी खाेलानालामा पानीकाे सतह बढ्न जाने भएकाले सतर्कता अपनाउन अनुराेध गरेकाे छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.