बैंकबाट ठगिदै उपभाेक्ता

बलराम उपाध्याय 

धनगढी । कर्मचारी होस् या उधोगी ब्यापारी सानोतिनो रकम होस्  या ठुलो अन्नलाई भकारीमा भण्डारण गरे झैँ बचत जम्मा गर्ने  विश्वासिलो र भरपर्दो ठाउँ बैक हो। श्रीमतीले श्रीमानलाई बिश्वास न गर्न सक्छ, बाबुले छोराछोरीलाई बिश्वास न गर्न सक्छ तर, बैकप्रति पुरै बिश्वास र भरोसा गर्छन् ।
बैक भन्नेबित्तिकै सुरक्षीत ठाँउ ,जहाँ आफ्नो सम्पत्तिको सुरक्षा हुन्छ,आवस्यक परेको बेला झिक्न पाइन्छ,अझै भन्दा जम्मा गरेको रकममा थप हुन्छ अर्थात बैकले ब्याज दिन्छ भन्नेमा ग्राहकको बुझाइ हुन्छ।

आफन्तलाई अबिस्वास गर्छ तर बैक प्रति ठुलो बिश्वास र भरोसा गर्छ। कुनै बेला त्यहि बैकले अनेकौं झन्झटिलो प्रक्रिया खोज्छ धेरैले बचत गर्दाको भन्दा असहज अवस्था भएको भन्छन् , पैसा झिक्दा, यो त बचत गर्ने र झिक्ने कुरा भयो । विभिन्न ब्याबसाय गर्न ऋण लिने उपभोक्ताको पिडा दर्दनाक छ। ऋण प्रबाह गर्दा घरै जाने अरुको भन्दा सस्तो ब्याजदरमा ऋण प्रबाह गर्छौ भन्ने र सम्झौता  गराउने, ब्याज वृद्धि गर्दा उपभोक्तसित सल्लाह नै नगरि वृद्धि गर्ने, गरेको देखिन्छ।

सम्झौतामा एउटा कुरा र सर्त लेखिएको हुन्छ तर त्यो कुरा लागु हुदैन। एक बर्ष या दुइ बर्षको लागि  ८-१०% ब्याज लिने गरि सम्झौता गरिन्छ र ऋण स्वीकृत हुन्छ,तर बैकले चाहेपछि सम्झौतामा उल्लेख गरेको समय अगावै अनेकौं बाहाना बाजि गर्दै विभिन्न प्रकारको सर्तहरु थपेर ब्याजदर वृद्धि गर्छ। यसले कर्जा लिएर सानो ब्यावसाय  गरेका मान्छेहरु मर्कामा परेका छ्न।

यस्तै गरि बैक अफ काठमाडौ हाल ग्लोबल आइएमइ बैकबाट पिडित कैलाली जिल्ला जोशिपुर गा पा ३ बस्ने शिव राज बिनाडिले आफ्नो पिडा भन्नुभयो। उहाँले भन्नुभयो- ‘आज भन्दा अढाइ बर्ष अगाडि मैले १ करोड ५० लाख कर्जा लिएको थिए,सम्झौता गर्दा १ बर्ष सम्म ८.५० को दरले ब्याज लिने सम्झौता गरि कर्जा स्वीकृत भयो। बर्ष दिन नपुग्दै यो वा त्यो बाहाना गरि ब्याज वृद्धि गरियो।अहिले मेरो ब्याजदर १५% पुगि सक्यो, कर्जा  पुरै तिरि सक्दासम्म कति पुग्छ थाहै छैन ।’

पचासौं लाख ब्याज तिरि सके, बैकबाट कर्जा लिएर व्यावसाय संचालन गरेर नाफा कमाउन सकिदैन । कमाएको जति सबै बैकको ब्याज पुग्दैन। शुरुमा घरमै आउछन् अनेकौं प्रकारको अवसर देखाउछ्न पछि, रकम थुत्ने काम गर्छन् । मेरो पनि यस्तै भएको हो,यसमा सरकारले समयमै ध्यान दिनुपर्छ उहाँ भन्नुहुन्छ । तमाम उपभोक्ताको यस्तै गुनासो छ। बैक तथा बित्तीय सस्थाहरुले जनतालाई ठगि रहेको छन् ,यसमा छानबिन होस् र यस्ता संस्थाहरुलाई कारवाही होस् ।

जो पनि जनता ठग्ने  ? कतै मिटर ब्याजि,कतै लघुबित्त त कतै बैक यिनिहरु सबै जनता ठग्ने र लुट्ने हुन् भने जनताको सम्पत्तिको सुरक्षा कसरी हुन्छ ? आर्थिक उन्नति  कसरि हुन्छ ? धनी सधैं धनी गरिव जहिल्यै गरिव यस्तो नीतिले देश कसरी समृद्धि तिर जान्छ ? संविधानमा उल्लेखित समाजवादको यात्रा सम्भव होला त ? सरकारको पुनः ध्यानाकर्षण होस् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.