Dashain Suvakamana

सुदूरपश्चिम प्रदेश सरकारले आज ३२ अर्बको हाराहारीमा बजेट ल्याउदै

Ajai

धनगढी, असार १ गते । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ लागि आज बजेट प्रस्तुत गर्दै छ । आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेकाे सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए ।

प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गर्नु पर्ने प्रावधान रहेको छ । यस वर्ष सङ्घीय सरकारबाट पाउने अनुदान र राजस्व सङ्कलन कम भएकाले प्रदेश सरकारको बजेटको आकार घट्ने सम्भावना रहेको छ । चालु आर्थिक वर्षको बजेटको तुलनामा झन्डै साढे पाँच अर्ब बजेट घटेर ३० देखि ३२ अर्बको हाराहारीमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने अनुमान गरिएको छ ।

यसअघि मुख्यमन्त्री त्रिलाेचन भट्ट सरकारले चालु आर्थिक वर्षको लागि ३६ अर्ब ७४ करोड ६४ लाख रुपियाँ बजेट ल्याएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.