आव २०८०/०८१ काे लागि सरकारले आज बजेट सार्वजनिक गर्दै

धनगढी । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज सार्वजनिक गर्दैछ । यसअघि सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट सार्वजनिक गर्न लागेको हो ।

आज अपरान्ह ४ बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ । १५ जेठमा नै बजेट ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था रहेको छ । आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्षको बजेटभन्दा नबढ्ने बताइएको छ । आउँदो आर्थिक वर्षको लागि १७ खर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने सरकारको तयारी छ । योजना आयोगले आउँदो आर्थिक वर्षका लागि १६ खर्ब ८८ अर्ब रुपैयाँको बजेट ल्याउन सिलिङ दिएको छ ।

आउँदो बजेटमा साधारण खर्च कटौती, पुँजीगत खर्चमा वृद्धि, अनावश्यक सरकारी संरचनाको खारेजी तथा मर्जर, प्रत्यक्ष वैदेशिक लगानीको सीमा हटाउने लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.