सरकारमा नभएपनि ‘जस-अपजस’काे जिम्मा लिन्छाैं माओवादी नेता भट्ट

सुदूरपश्चिम सरकारका १०० दिन

धनगढी । कमलवहादुर शाह मुख्यमन्त्री भएकाे सुदूरपश्चिम प्रदेश सरकारले एक सय दिन पुरा गरेकाे छ । यसै अवसरमा शुक्रवार सरकारले पत्रकार सम्मेलन गरी गरेका काम कारवाहीकाे फेरहिस्ता खाेलेकाे छ ।

१०० दिन पुगेकाे याे समयसम्म नेकपा माओवादी केन्द्र सरकारमा सामेल नभएपनि साे दलका नेता खजराज भट्टले कमलवहादुर शाह नेतृत्वकाे सरकारले गरेका सम्पूर्ण कामकाे जस-अपजस आफ्नाे पार्टीले लिने बताए । उनले भने- ‘सरकारमा आजसम्म हाम्राे पार्टी सामेल नभएपनि सरकारले हाम्राे सल्लाह सुझाब लिई रह्न्थ्याे, त्यसैले सरकारले गरेका सम्पुर्ण कामकाे जस-अपजस हाम्राे पार्टीले पनि जिम्मा लिन्छ ।’

माओवादी आजै सरकारमा सामेल हुने 

दुई मन्त्री र एक राज्यमन्त्री लिएर नेकपा माओवादी केन्द्र आजदेखि सुदूरपश्चिम प्रदेश सरकामा सामेल हुन लागेकाेछ । मुख्यमन्त्री कमलवहादुर शाहले सरकारका १०० दिनकाे उपलब्धि पत्रकार सामु राख्ने क्रममा सरकार बिस्तार हुन लागेकाे जानकारी दिएका हुन् ।

साेही कार्यक्रममा उपस्थित माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश ईञ्चार्ज समेत रहेका साे पार्टीका संसदी दलका नेता भट्टले आज विस्तार हुने मन्त्रीमण्डलमा नेकपा (माओवादी केन्द्र) का झपटबहादुर साउद (अछाम)  सामाजिक विकास मन्त्री र रमेशसिंह धामी (कैलाली) उद्योग, वन तथा वातावरण मन्त्री हुने र गीता माल (डडेलधुरा) राज्यमन्त्री हुने बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.