प्रचण्ड सरकारले सुदूरका भूकम्प पीडितलाई ५० हजार रुपैयाँ अनुदान दिने

धनगढी। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेसँगै एकपछि अर्काे जनपक्षिय काम गर्दैआएकाे छ । पछिल्लाे पटक  सरकारले २०७८ जेठ यताका भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरेकाे छ ।

सुदूरपश्चिमका ५ जिल्लासहित देशभरका ७ जिल्लाका प्रभावित परिवारलाई अनुदान उपलब्ध गराउने सरकारले निर्णय गरेको हो । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १७औँ बैठकले ०७८ र ०७९ मा गएका भूकम्पबाट घर पूर्ण रूपमा क्षतिग्रस्त भएका प्रभावित परिवारलाई दुई किस्तामा अनुदान दिने निर्णय गरेको हो ।

प्राधिकरणका अनुसार ०७८ जेठमा लमजुङ, ०७८ साउनमा खोटाङ, ०७९ कात्तिकमा डोटी र ०७९ माघमा बाजुरा केन्द्रबिन्दु भएर गएका भूकम्पबाट डोटी, अछाम, बाजुरा, बझाङ,  डडेल्धुरा, लमजुङ र खोटाङका पाँच हजार आठ सय ८० घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.