कैलाली प्रहरीद्वारा ३८५ लिटर घरेलु मदिरा नष्ट

धनगढी। कैलाली प्रहरीले ३८५ लिटर घरेलु मदिरा नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय, भजनीबाट खटेको प्रहरी टोलीले भजनी नगरपालिका–५ र ७ बाट मदिरा बरामद गरेर जनप्रतिनिधिको रोहबरमा नष्ट गरेको हो ।

अवैध रूपमा मदिरा उत्पादन गरी घरमा भण्डार गरेर विक्री वितरणका लागि राखिएको अवस्थाबाट मदिरा बरामद गरेको इलाका प्रहरी कार्यालय भजनीले जानकारी दिएको छ। यसैगरी, मदिरा बनाउनका लागि प्रयोग गरिने कच्चा पदार्थ ६० लिटर बरामद गरिएको जनाइएको छ । 

बरामद मदिरा र पास भजनी नगरपालिका–५ का वडा अध्यक्ष केशव बुढाको रोहबरमा नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालयको निर्देशनमा प्रहरी वरिष्ठ नायब निरीक्षक रामसिंह बोहराको नेतृत्वमा खटेको टोलीले मदिरा बरामद गरेको थियो । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.