बैतडीमा गिट्टीको थुप्रोमा भेटिएकाे टाउको काठमाण्डाैं पठाइने

धनगढी । पाँच दिन अगाडि बैतडीको पाटनमा एक व्यक्तिको टाउको भेट्टिए पनि उनको पहिचान भने खुल्न सकेको छैन । गत आइतबार सडक निर्माणका लागि पाटन नगरपालिका–६ तल्लो बजारमा ल्याएको गिट्टीको थुप्रोमा एक व्यक्तिको टाउको भेट्टिएको थियो । 

टाउकोलाई परीक्षणका लागि जिल्ला अस्पताल पठाइए पनि पहिचान हुन सकेकाे छैन् । टाउकोको डिएनए परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइने प्रहरी निरीक्षक जोशीले बताए । 

घट्नाबारे अनुसन्धान कार्य जारी रहेको र गिट्टी ल्याइएको भनिएको बाचपानी क्षेत्रमा अनुसन्धानलाई केन्द्रित रहेको प्रहरी बताएकाे छ ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.