धनगढी । नेपाली कांग्रेसका महासमिति सदस्य तथा चितवनका पूर्व कोषाध्यक्ष शंकर कँडेल मृत अवस्थामा भेटिएका छन् । पोल्टी व्यवसायी कँडेल आफ्नै अफिसको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
उनको अफिस चितवनकाे भरतपुर महानगरपालिका ३ स्थित बेलचोकमा रहेको छ । उनले अनमोल फिड्स पनि सञ्चालन गर्दै आएका थिए । उनी मृत भेटिएको कोठामा सुसाइड नोट समेत भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीले मुचुल्का गरेर शव पोस्टमार्टमका लागि अस्पताल पठाएको र थप अनुसन्धान भैइरहेकाे बताएकाे छ।