बुवाको हत्या आरोपमा छोरा पक्राउ

धनगढी । बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका–४ कार्कीचोकका ३० वर्षीय गणेश खडका पक्राउ परेका हुन् ।

घरायसी विवाद हुँदा सोमबार राति गणेशले आफ्नै ७१ वर्षका बुवा धनबहादुर खड्कामाथि चिर्पट प्रहार गरेको सूचनापछि आज मङ्गलवार बिहान हत्या आरोपमा उनलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रकाश डाँगीका अनुसार बुवाको हत्या गरेर भाग्न खोजेका गणेश अहिले प्रहरीको नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.