युएइलाई सात विकेटले हराउदै नेपाल बन्याे एसीसी प्रिमियर कप च्यम्पियन

धनगढी । एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा चिर प्रतिद्वन्द्वी यूएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि चुमेको हो । 

जितसँगै नेपालले यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसिया कप क्रिकेट प्रतियोगितामा पनि स्थान पक्का गरेको छ । एसिया कपमा नेपालले भारत, पाकिस्तानजस्ता विश्व क्रिकेटका हस्ती राष्ट्रहरुसँग प्रतिस्पर्धा गर्ने अवसर पाउने छ । फाइनल खेलमा नेपालले जितका लागि १ सय १८ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य नेपालले ३३.१ ओभरमा ३ विकेट गुमाउँदै पुरा गरेको थियो । घरेलु मैदानमा हजारौंसमर्थकको साथ पाएको नेपालका लागि गुलशन झा र रोहित पौडेलले उत्कृष्ट प्रदर्शन गरे ।

गुलशन झाले अविजित ६७ रन बनाए । उनले ८४ बलको सामना गरी ६ छक्का र ३ चौका हिर्काए । रोहित पौडेलले अविजित ३६ रनको योगदान गरे । त्यसअघि पाहुना टोली यूएई १ सय १७ रन बनाउँदै अलआउट भएको थियो । यूएईलाई सस्तोमा समेट्न  ललित राजवंशीले ४ विकेट लिएका थिए । करण केसी र सन्दीप लामिछानेले २-२ विकेट लिए । 

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.