धनगढी । विवाह गर्न नमानेको भन्दै प्रेमी डाक्टरको घरमा गएर प्रेमिका नर्सले आत्महत्या गरेकी छिन्। बीर अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठले काठमाडौं बोहराटारस्थित डाक्टर सुजन ढकालको घरमा गएर शनिवार आत्महत्या गरेकी हुन्। उनीहरुवीच लामाे समयदेखि प्रेम सम्बन्ध रहेकाे बताइएकाे छ ।
घटनाबारे प्रहरी वृत्त बालाजुले अनुसन्धान अघि बढाएको छ। मृतक अनुमा स्टाफ नर्स हुन् भने प्रेमी भनिएका ढकाल डाक्टर रहेका पाइएको छ। अनुमा वीर अस्पतालमा काम गर्थिन् भने सुजन कान्ति बाल अस्पतालमा कार्यरत रहेका पाइएको छ। लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न नमानेको भन्दै उनले आत्महत्या गरेको भन्ने खुलेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी दिएका छन्।
‘शव भेटिएपछि हामीले अनुसन्धान अघि बढाएका छौं,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सिताराम रिजालले भने। प्रहरीले सुसाइड नोट समेत फेला पारेको छ।