एसिसी प्रिमियर कप वानडे क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा आज नेपाल र कुबेत भिड्दैछन् । नेपाल र कुवेतबीचको प्रतिस्पर्धा कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
नेपाली टोली कुवेतविरुद्ध पनि जित निकाल्दै फाइनलको यात्रा गर्ने योजनामा छ । समूह चरणमा नेपालले मलेसियालाई ६ विकेट, ओमानलाई ८४ रनले हराउँदा साउदी अरेबियासँग वर्षाका कारण अंक बाँड्यो । अन्तिम खेलमा कतारलाई ६८ रनले हराँउँदै नेपाल समूह विजेता बन्यो ।
पाहुना टोली कुवेतले पनि जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । ऊ समूह चरणमा यूएईसँग १४३ रनको हार बेहोरे पनि बाँकी तीन खेलमा भने लगातार जित निकाल्यो । कुवेत कुवेत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनलमा पुगेको हो ।
हेड टु हेड नतिजाको कुरा गर्दा हालसम्म नेपाल र कुवेतले एकअर्कासँग ३ खेलमा प्रतिस्पर्धा गरेका छन् । जसमा नेपालले २ र कुवेतले १ खेलमा जित हात निकालेका छन् ।