श्रीमतीलाई खाल्टाेमा गाडेर श्रीमान् बेपत्ता

धनगढी । श्रीमान श्रीमति हराएकाे साताैं दिन आज दाङमा महिलाकाे शव गाडेको अवस्थामा फेला पारेको छभने श्रीमान अझै भेटिएका छैनन्। घोराही उपमहानगरपालिका –१२ रतनपुरमा ४० वर्षीया शारदा केसीको शव घर नजिकै कटहरको रुख नजिक गाडेको अवस्थामा प्रहरीले फेला परेको हो ।

शारदाका श्रीमान् ४१ वर्षीया मेघराज केसी भने फरार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले बताए । उनकाअनुसार श्रीमतीको हत्यापछि शव गाडेर श्रीमान् फरार भएको हुन सक्ने बताए । ‘रतनपुरबाट श्रीमान् र श्रीमती हराएको भन्ने सूचना प्राप्त भएपछि खटिएको प्रहरीले श्रीमतीको शव गाडेको अवस्थामा फेला पारेको हाे’, जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता गौतमले भने,‘श्रीमानको खोजी कार्य भइरहेको छ ।’

जिल्ला प्रहरी कार्यालय घोराहीमा मृतकका आफन्तले मेघराज विरुद्ध किटानी जाहेरी दिएका छन् । घटना नयाँ वर्ष वैशाख १ गते मध्यरातिको भएको अनुमान गरिएको छ । उक्त दिन मृतककी विवाहित छोरी र १५ वर्षीय कान्छो छोरा नयाँ वर्ष मनाउन मामाघरमा गएका थिए । मृतकका छोराछोरी मामा घरबाट वैशाख ३ गते आफ्नो घरमा फर्किदा घरमा बाबुआमा नभएको प्रहरीलाई जानकारी दिएको प्रवक्ता गौतमले जानकारी दिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.