धनगढीका एक बिधार्थी १२ दिनदेखि बेपत्ता, घरमा रुवाबासी

धनगढी । धनगढी उपमहानगरपालिका वार्ड नम्बर ३ स्थित त्रिभुवन उमाविमा अध्ययनरत एक विद्यार्थी बेपत्ता भएका छन्। दिदीकाे घर जान्छु भनेका बोराडाँडीका १४ वर्षीय बालक प्रकाश नेपाली (दमाई) १२ दिनदेखि बेपत्ता रहेपछि घर परिवारमा रुवाबासी चलेकाे हाे । 

धनगढी उपमहानगरपालिका वडा नम्बर–३ (सुधार केन्द्र नजिक) घर भएका उनी कक्षा आठको परिक्षा दिएर बसेका थिए। परिक्षा दिएर सकेका उनी चैत्र २४ गते घरबाट दिदि घर जान्छु भनी निस्केका थिए। तर उनी कुनै दिदिको घरमा नपुगेको उनका बुवा दिनेश नेपाली (दमाई)ले बताए।

उनको परिवारमा अहिले रुवाबासी चलेको छ। उनलाई फेला पार्ने वा कसैले देखेमा नजिकको प्रहरी कार्यालय अथवा ९८२४६३४३९८ र ९८४३३२०६१० नम्बरमा सम्पर्क गरिदिन उनका बुवाले आग्रह गरेका छन्। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.