सुदूरपश्चिम एमाले नेता कार्यकर्तालाई सिस्नु लगाउने
धनगढी। नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले आपसी मतभेद अन्त्य गर्न र एकता मजबूद बनाउन आज धनगढीमा आफ्ना नेता तथा कार्यकर्तालाई सिस्नो लाउने भएको छ ।
सुदूरपश्चिम प्रदेशको मौलिक पर्व विसुका अवसरमा केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलको उपस्थितिमा सो कार्यक्रम आयोजना गरिएको हाे । प्रदेश सचिव धर्मराज पाठकका अनुसार सुदूरपश्चिममा विसु पर्वमा सिस्नो लगाएर मनमुटाव हटाउने चलन रहेकाले उक्त कार्यक्रम राखिएकाे हाे ।
साे कार्यक्रममा प्रदेशका अगुवा नेता कार्यकर्ताको सहभागिता रहने र विसु पर्व तथा नयाँ वर्षका शुभकामना आदानप्रदान गरिने छ ।