आइएमइ नेपालको ‘लोक स्टार’मा धनगढीका कमल जाेशी उपाधि नजिक

धनगढी । आइएमइ नेपालको प्रथम मौलिक रियालिटी सो हिमालय लोक स्टारको प्रतिष्पर्धामा धनगढीका कमलराज जाेशी सेमिफईनल पुगेका छन् । धनगढी उपमाहानगरपालिका- १२ जुगेडा निवासी जाेशी सुदूरपश्चिमबाट एक्ला प्रतिष्पर्धि हुन् ।

नेपालको लोक दोहोरी शो ‘लोक स्टार सिजन टु’ मा विभिन्न चरण पार गर्दै टपटेन पार गर्दै टप ८ पर्न उनी सफल भएका छन्। हिमालय टिभी र ओएसआर डिजिटल युटुबवाट उक्त शो प्रशारण भईरहेको छ। कमल राज जाेशीलाई लाेक स्टारकाे उपाधी जिताउन आ-आफ्नाे माेवाईलमा आइएमइ पे डाउनलाेड गरी भाेट हाल्न सकिने छ ।

सानैदेखि बाद्यवाधन तथा गायनमा रुचि रहेका जाेशी विधालय तथा कलेजले आयाेजना गर्ने सास्कृतिक कार्यक्रममा नछुटाइकन सहभागी हुन्थ्ये । अहिले उनी स्नातक तहका बिधार्थी हुन् । यसअघि प्रतियाेगिताकाे टप १० मा रहेका उनले लाेक गायक झलक गन्धर्बकाे ‘तानसेन घमाइलाे जता निरमाया उतै रमाइलाे’ गित गाएर सेमिफाईनल अथवा टप ८ मा पुग्न सफल भएका हुन् ।

टप १० यता जज (निर्णायक मण्डल)का साथै दर्शक तथा स्राेताहरुकाे भाेटिङकाे प्रतिष्पर्धा हुने गरेकाे छ । यही कुरालाई ईकित गरेर कमल जाेशीका बुवा रामप्रसाद जाेशी र धनगढी उपमहानगरपालिकाका मेयर गाेपाल हमालले सामाजिक सञ्जाल फेसबुक मार्फत सबैलाई आग्रह गर्दै बढी भन्दा बढी भाेट दिन अनुराेध गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.