रविको उम्मेदवारी खारेजीको मागसहित उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी अयोग्य घोषणा गर्न माग गर्दै अधिवक्ता युवराज पौडेल सफलले उजुरी दिएका छन् । प्रतिनिधिसभा सदस्य पदका लागि उनले उपनिर्वाचनमा चितवन- २ बाट उम्मेदवारी मनोनयन गराएका छन् ।

चितवन निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतलाई इमेलमार्फत उजुरी पठाएर त्यसको जानकारी समेत निर्वाचन गराएको सफलले बताए ।

यद्यपि उम्मेदवारीविरुद्ध उजुरी प्रतिस्पर्धी उम्मेदवारले नै दिनुपर्ने व्यवस्था भएकाले उजुरी अहिलेसम्म दर्ता भने भएको छैन । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.