पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब यातायातकाे भाडा पनि घट्ने

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेशनले मूल्य घटाएर सूची पठाएपछि साेमवार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको हो ।

निगमको निर्णयअनुसार डिजेल प्रतिलिटर १० र पेट्रोलमा ३ रुपियाँले मूल्य घटेको छ । निगमका अनुसार डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १० रुपियाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपियाँले घटाउने निर्णय भएको छ । सो घटेको मूल्य साेमवार राति १२ बजेदेखि लागू भएकाे हाे । खाना पकाउने ग्यासको मूल्य यथावत राखिएको छ ।

निगमले डिजल लगायत पेट्राेलियम पदार्थकाे मुल्यमा भारी कटाैती गरेसँगै अव यतायातकाे भाडामा पनि पुर्नविचार गरी घट्नुपर्ने उपभाेक्ताले ओैल्याएका छन् ।

हेर्नुहोस् निगम समितिको निर्णय


सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.