धनगढी । कैलाली जिल्लामा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्वावियु) को निर्वाचनमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ नील भएको छ । त्रिभुवन विश्वविद्यालयका सम्बन्धन प्राप्त ९ क्याम्पसको अन्तिम मतपरिणाम सार्वजनिक अनुसार नेपाल विद्यार्थी संघ नील भएको हो .।
सार्वजनिक मतपरिणामअनुसार कैलालीका ५ क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियु र ४ क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु(क्रान्तिकारी) का उम्मेदवार विजयी भएका छन् । अनेरास्ववियु कैलालीका अध्यक्ष किशोर शाहका अनुसार धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पस, चौमाला बहुमुखी क्याम्पस, खप्तड बहुमुखी क्याम्पस, लम्की बहुमुखी क्याम्पस, र बुलबुले बहुमुखी क्याम्पसमा अनेरास्ववियु विजयी भएको छ ।
अनेरास्ववियु क्रान्तिकारीले कैलालीको सुखडमा रहेको राष्ट्रिय कलेज, मोहन्याल बहुमुखी क्याम्पस, जोशीपुरको रघुनाथ बहुमुखी क्याम्पस र घोडाघोडी क्याम्पसमा जितेको प्रदेश कमिटी प्रमुख सचिव डम्बर भट्टराईले जानकारी दिए । उनकाअनुसार सुखडको राष्ट्रिय कलेजमा सुन्दर गौतम १५३ मतसहित विजयी भएका छनभने मोहन्याल बहुमुखी क्याम्पसमा २५ मतसहित अर्जुन खत्री विजयी भए ।
यस्तै रघुनाथ बहुमुखी क्याम्पसमा विप्लव निकट क्रान्तिकारी र नाउपाको विद्यार्थी संगठनको संयुक्त प्यानललाई पराजित गर्दै क्रान्तिकारीकी विनीता चौधरी विजयी भएकी छन् । यता घोडाघोडी क्याम्पस सभापतिमा पनि क्रान्तिकारीकै प्रेमबहादुर बोगटी सहकारी विजयी भएका छन् । उनी ४९८ मतसहित विजयी भएका हुन् ।