अत्तरिया बजारमा रोकिराखेका २ ट्रकमा एक्कासी आगलागी

धनगढी। कैलालीमा बजारमा रोकिराखेका २ ट्रकमा आगलागी भएको छ। गएराति अत्तरिया बजारकाे पहाड रोड सडक किनारामा रोकिराखेका २ ट्रकमा एक्कासी आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीबाट म १ ख ३७८ नम्बरको ट्रकको अगाडीको भाग पुरै जलेर नष्ट भएको छ भने अर्को प्रदेश ०२–०३– ००१ ख ०१६४ नम्बरको ट्रकमा आंसिक क्षति भएको जनाएको छ। आगलागी कसरी भयो भन्ने बारेमा खुल्न नसकेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताएका छन्।

राेकिराखेका ट्रकमा एक्कासी आगलागी भएपछि दमकलको सहयोगमा प्रहरी र स्थानीय बासिन्दाले आगाे नियन्त्रणमा लिएकाे र घटनाको बारेमा अनुसन्धान गरीरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.