धनगढी । कैलालीको महुन्याल बहुमुखी क्याम्पसमा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अर्जुन खत्री विजयी भएका छन्। सचिवमा नेविसंघका ज्ञानबहादुर खाती र कोषाध्यक्षमा अखिल क्रान्तिकारीकै कुमारी चौधरी विजयी भएकी छन।
उता बैतडीको डिलाशैनी गाउँपालिका ६ स्थित सेटीगाउँ बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा पनि अनेरास्ववियु क्रान्तिकारीका मोहन बोहरा निर्वाचित भएका छन्। बोहराले १०२ मत पाए भने उनका निकटतम् प्रतिस्पर्धी नेविसंघका मदन नाथले ६२ मत प्राप्त गरे। सो क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारी संयुक्त रुपमा चुनाव लडेका थिए। सचिवमा अनेरास्ववियुका रमेश माल ११८ मत ल्याएर विजयी भएका छन् ।
डोटीको खप्तड आदर्श क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)को समूह विजयी भएको छ। डोटी जिल्लामा रहेको सुदूरपश्चिमकै पहिलो डोटी बहुमुखी क्याम्पसको स्विवियु निर्वाचनको मतदान रोकिएको छ। फर्जीमत खसालेको भन्दै विद्यार्थीहरू आन्दोलित बनेपछि मतदान रोकिएको हो।