सरकारले सरकारी कर्मचारीको लागि खाजा खाने समय तोकिदिएको छ । २०८० सालको सार्वजनिक बिदाको सूचीसहित सरकारले खाजा खाने समय समेत तोकिदिएको हो ।
खाजाका लागि कर्मचारीले दिउँसो साढे १ देखि २ बजेसम्मको समय पाएका छन् । सरकारी कार्यालयका कर्मचारीहरू खाजाका लागि भन्दै सेवा प्रभावित गरेर आफूखुसी हिँड्ने गरेका थिए ।अधिकाशं सरकारी कार्यालयमा खाजा समय भनेर १ देखि २ बजेसम्म सरकारी काम प्रभावित हुने गरेको थियो।
गृहसचिव विनोद प्रकाश सिंहले बिहीबार राजपत्रमा सूचना प्रकाशित गरी विदाको तालिका सार्वजनिक गरेका हुन् ।फागुन १ गते जनयुद्ध र पुस २७ गते राष्ट्रिय एकता दिवसको बिदा पनि राजपत्रमा सूचीकृत गरिएको छ ।