धनगढी। कैलालीको त्रिनगर हेल्थ डेस्कमा आगलागी भएको छ। शुक्रवार बिहान साढे ६ बजेतिर हेल्थ डेस्कमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुल दिप चन्दले हेल्थ डेस्कको भण्डार कक्षमा बिजुलीको तार सर्ट भै आगलागी भएको बताए । उनले २ लाख बढीको क्षती भएको बताए । आगलागी घटना भएलगत्तै स्थानिय र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा आएको डिएसपी कुलदिप चन्दले बताए।