धनगढी । सहायक सामाग्रीकाे रुपमा ह्वीलचेयरले अपाङ्गता भएका ब्यक्तिहरुकाे हिडडुलमा पुराएकाे सहजताकाे स्मरणमा मनाईदै आएकाे अन्तराष्ट्रिय ह्वीलचेयर दिवस आज मनाईदै छ । ‘उपयुक्त ह्विलचियर सुरक्षित र पहुँचयुक्त आवगमन हाम्रो अधिकार” भन्ने मुल नारा का साथ यस वर्ष १५ ओैं अन्तर्राष्ट्रिय ह्विलचियर दिवस नेपाल लगायत विश्वभर बिभिन्न कार्यक्रम गरी मनाईदैछ ।
यसैक्रममा राष्ट्रिय अपाङ महासंघ सुदूरपश्चिम प्रदेश समितिले हिजाे देखि नै बिभिन्न कार्यक्रम गरी ओैपचारिक रुपमा पहिलाे पटक अन्तराष्ट्रिय ह्वीलचेयर दिवस मनाउन लागेकाे छ । १५ औ अन्तर्राष्ट्रिय ह्विलचियर दिवशको पुर्व सनध्यामा महासंघले धनगढीको पार्क मोडमा मंगलवार साँझ दिप प्रज्वलन गरेर शुभकामना आदानप्रदान गरेकाे अध्यक्ष मानवहादुर साउदले जानकारी दिए ।
कार्यक्रम आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विश्वदीप बेस्राले दिप प्रज्वलन गरेर कार्यक्रममकाे उद्घाटन गरेका थिए । कार्यक्रममा NFDN सुदूरपश्चिमका पुर्वअध्यक्ष भिम शाह, सदस्य दिलिप चाैधरी, नेपाल अपांग संघका केन्द्रीय सदस्य रामचन्द्र जाेशी, पत्रकार भवानी ऐर लगायतका अपाङ्गता अभियन्ताहरु र कर्मचारी साथिहरुकाे महत्वपूर्ण सहभागिता रहेकाे थियाे ।
यसैक्रममा आज १७ गते विहान ११ बजे पार्क मोडबाट रयाली सुरु गरी स्थानीय आस्था हाेटलमा ‘उपयुक्त ह्विलचियर सुरक्षित र पहुँचयुक्त आवगमन हाम्रो अधिकार’ विषयमा ह्वीलचेयर युजरवीच बक्तित्व कला प्रतियाेगिता गरिने अध्यक्ष साउदले जानकारी दिए । उनले उक्त कार्यक्रममा सहभागिता जनाउन पनि सबैमा आग्रह गरेका छन्।