काठमाण्डाैं । नेकपा एमालेले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले सरकार छाड्ने र प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हाे ।
उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका नेता उपाध्यक्ष विष्णु पौडेलका अनुसार राष्ट्रपति निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले पूर्वसहमति कार्यान्वयन नगरेको एमालेको ठहर छ। नेता पौडेलका अनुसार सचिवालय बैठकले केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता र सरकारबाट बाहिरिने निर्णय गरेको हो।
प्रदेशबारे भने एमालेले अहिले कुनै निर्णय नगरेको उनले बताए।