धनगढी । कैलालीको धनगढीमा दाेस्राे संस्करणकाे सूचना प्रविधि प्रदर्शन ‘मेला’ (क्यान इन्फोटेक) २०७९ लाग्ने भएकाे छ । कम्प्युटर एशोशियसन नेपाल कैलालीको आयोजनामा हुने उक्त मेलाकाे तयारी अन्तिम चरणमा पुगेको शनिबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो।
आयोजक एसोसियसनका अध्यक्ष यज्ञराज ओझाले दोस्रो संस्करण २०२० मै सञ्चालन गर्ने भनिएपनि कोभिड महामारीका कारण गर्न नसकिएको बताए।सात बर्षपछि सञ्चालन हुन लागेको मेलालाई प्रविधिका सामाग्री खरिद विक्रीभन्दा पनि सूचना, जानकारी तथा प्रविधिको विकासमा जोड दिइने छ।
मेलामा सूचना प्रविधिको बारेमा जानकारी दिने, नविनतम प्राविधिक सामग्रीको प्रदर्शनी गरिने, साईबर सेक्युरेटि सम्बन्धी जानकारी दिइने मुल आयोजक समितिका संयोजक नरेन्द्रसिंह धामीले बताए।