माओवादीको पदाधिकारी बैठक बस्दै, राष्ट्रपति निर्वाचनबारे छलफल हुने

नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बस्दैछ। माओवादीले आज दिउँसो ४ बजे पार्टी मुख्यालय, पेरिसडाँडामा बैठक राखेको छ ।बैठकमा मूलतः आगामी राष्ट्रपति निर्वाचनबारे छलफल हुने जानकारी दिइएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरुलाई यसबीचमा आफूले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुुर देउवालवगायतसँग गरेको कुराकानीबारे बताउनेछन् । दिनहुँजसो एमाले अध्यक्ष ओलीसँग भएको भेटवार्तामा भएको विषय र हिजो राति बालुवाटारमा काँग्रेसका पदाधिकारीहरुसँग भएको कुराकानीबारे अध्यक्ष प्रचण्डले बैठकमा जानकारी गराउनुहुने एक जना नेताले उल्लेख गरे ।

यसैबीच पार्टी उपमहासचिव मातृका यादवले आगामी राष्ट्रपति निर्वाचनमा एमालेका कारण राष्ट्रिय सहमति बन्न नसक्ने अवस्था उत्पन्न भएमा राष्ट्रिय सहमतिको सम्भावना पनि क्षीण हुने धारणा राख्नुभएको छ । त्यस्तो अवस्थामा माओवादीका सामुन्ने काँग्रेससँग गठबन्धन गर्नुको विकल्प नहुने यादवको भनाइ छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.