१५ लाख भारतीय रुपैयाँ र गरगहनासहित तीन जना पक्राउ

धनगढी । कञ्चनपुरबाट १५ लाख भारतीय रुपैयाँ जफत गरिएको छ। भारतीय रुपैयाँ, विभिन्न सामग्रीसहित तीन जना पक्राउ परेका छन्।कैलालीको गोदावरी नगरपालिका–८ का २९ वर्षीय अम्मर भुल, खडकसिंह भुल र डडेल्धुराको आलिताल गाउँपालिका–४ का २४ वर्षीय बिरेन्द्र सार्की पक्राउ परेका हुन्।

शुक्रवार ९ बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी नायब निरीक्षक सागरसिँह धामीको कमाण्डमा खटिएको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पुनर्वास नगरपालिका–४ कार्गिल डाँडा सीमा इलाकाबाट उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपा नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी नायब निरीक्षक धामीले बताए। उनीहरुको साथबाट  भारतीय १५ लाख २८ हजार पाँच सय ८८ नगद रुपैँया र ६ सय ५५ नेपाली रुपैँया समेत जफत गरिएको छ।

उनीहरुको साथबाट सिक्रि ४, पाउजु, औँठी, बाला, टप, बटन झुम्का, टाउकोमा लगाउने गहना, जन्तर, घडी, मोबाइल सेट तीन थान, खाली पर्स, एटिएम कार्ड, कालोचस्मा, कालो झोला लगायतका सामग्री समेत सशस्त्र प्रहरीले जफत गरेको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.