धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका मन्त्रीहरुले कैलालीकाे गेटास्थित शहीद दशरथ चन्द स्वास्थ पवज्ञान विश्वविद्यालयको अवलोकन गरेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री प्रचण्ड सोमवार पहिलोपटक सुदूरपश्चिम प्रदेश पुगेका हुन् ।
कैलालीमा प्रधानमन्त्रीले गेटामा रहेको मेडिकल कलेजको निरीक्षण, महेन्द्रनगरमा सुख्खा बन्दरगाहको निरीक्षण, कञ्चनपुर महोत्सवको उद्घाटन तथा माओवादी केन्द्र जिल्ला कमिटी कञ्चनपुरले आयोजना गरेको जनयुद्ध दिवस’ को कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।सरकारले आइतवार मात्रै विश्वविद्यालय बनाउने निर्णय गरेको थियो ।
बहुप्रतिक्षारत यस मेडिकल कलेज सञ्चालनको प्रारुपमा अन्योलता हुँदा संरचना निर्माण भएर पनि सञ्चालन हुन नसकेको हाे।