Dashain Suvakamana

धनगढीकाे अपाङ्गता प्रतिष्ठानमा पुर्नस्थापन कक्षाकाे शिलन्यास

Ajai

धनगढीमा रहेको अपाङ्गता सहायता प्रतिष्ठानमा दुई कोठे पुनर्स्थापन कक्षा निर्माण सुरु भएको छ सुदूरपश्चिम प्रदेशका प्रथम मुख्यमन्त्री त्रिलोचन भट्टको बिशेष पहलमा उक्त योजना परेको हो ।

चालु आर्थिक बर्षभित्रै निर्माण सम्पन्न गरिसक्नु पर्ने पुनर्स्थापन कक्षाको सिलान्याश बुधबार एक कार्यक्रमका बीच धनगढी उपमहानगरपालिका वार्ड नं ३ का वार्ड सदस्य अन्जु मगरातीले  गरेकी हुन् ।

स्थानीय वडा कार्यालयसहित उपमहनगर पालिकाको प्राबिधिक सहयोग रहने र सामाजिक विकास कार्यालय कैलाली मार्फत सुरु गरिएको उक्त योजनाका लागी प्रदेश सरकारको चालु आर्थिक बर्षमा २० लाख बजेट रहेको प्रतिस्ठानका अध्यक्ष भवानी ऐरले जानकारी दिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.