Dashain Suvakamana

धनगढीकाे चटकपुरबाट १२ किलो चरेसहित तीन जना पक्राउ

Ajai

धनगढी । ११ किलो ९ सय ग्राम चरेससहित चार जनालाई धनगढीबाट प्रहरीले पक्राउ गरेकाे छ। सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) को प्रहरी वरिष्ठ नायब निरीक्षक केशव जोशी र जिल्ला प्रहरी कार्यालयको टोलीले विशेष सूचनाका आधारमा उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए।

पक्राउ पर्नेमा दार्चुलाको नौगाड गाउँपालिका–२ स्थायी घर भई हाल धनगढीको चटकपुरमा गौरीशंकर अल्लो कपडा उद्योग सञ्चालन गर्दै आएका नरेन्द्रसिंह धामी, दार्चुला नौगाड–२ का २० वर्षीय रुकुमसिंह धामी, बझाङ्ग केदारस्यु गाउँपालिका–७ का ४२ वर्षीय धनबहादुर धामी र बाजुरा स्वामीकार्तिक गाउँपालिका–२ का स्थायी घर भई हाल बर्दगोरिया गाउँपालिका–४ कैलाली बस्दै आएका ३५ वर्षीय धनलाल कामी रहेका छन्।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.