काठमाडौँ । अनागरिक ठहरिएका रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन काठमाण्डाैं जिल्ला प्रशासन कार्यालय पुगेका छन् । सर्वोच्चको आदेशपछि नागरिकता लिने प्रक्रिया पुरा गर्नुपर्ने भएकाले रवि लामिछाने आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेकाे उनका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए ।
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक आदेशले रविको नागरिकता अवैध भएको ठहर गर्दै नागरिकता लिने प्रक्रिया पुरा गर्न आदेश दिएको थियो । सोही अनुसार लामिछाने आइतबार बिहान ११ बजे प्रशासन कार्यालय पुगेकाे उनका स्वकीय सचिव सिग्देलकाे भनाई छ ।
अनागरिक ठहरिएसँगै लामिछानेको संसद् र उपप्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।