Dashain Suvakamana

रविको पद गएपछि डोलप्रसादलाई सबै जिम्मेवारी

Ajai

उपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जिम्मेवारीमा रहेका सबै पद श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवम् पार्टी उपसभापति डोलप्रसाद अर्याललाई दिइएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले रविको दोहोरो नागरिकताको विषयमा हिजो कैफियत देखाएपछि कार्यवाहक अर्याललाई कार्यवाहक सभापति बनाइएको छ । त्यसैगरी पार्टी संसदीय दलको नेतामा पनि उनै अर्याललाई चयन गरेको छ ।उक्त पार्टी केन्द्रीय समितिको हिजो राति साढे ९ बजे बसेको आकस्मिक बैठकले ती जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।

सर्वोच्चको आदेशानुसार लामिछानेले प्रक्रिया पूरा गरेर नयाँ नागरिकता लिन सक्छन् । तर, अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भएको २०५० सालको नागरिकता प्रयोग गरेर उनी चितवन २ बाट सांसदमा विजयी भएका हुन् । आदेशपछि पार्टी सभापति,सांसद,मन्त्री सबै पदबाट हटेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.