मुख्यमन्त्रीमा विश्वासकाे मतबारे समझदारी नभएपछि प्रदेशसभा बैठक स्थगित

धनगढी । बुधबारका लागि बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ। कुनै विजनेस नभएपछि प्रदेशसभा सदस्यहरुलाई अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी पठाएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए । 

सुदूरपश्चिम प्रदेशसभामा संख्यात्मक रूपमा निर्णायक घटकका रूपमा रहेको नागरिक उन्मुक्तिका सांसदहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएको एमाले संसदीय दलका नेता रावललाई विश्वासको मत दिने नदिने बारेमा उक्त पार्टीले अझै ठोस निर्णय गरिसकेको छैन। दलका संरक्षक रेशम चौधरीको रिहा पछि मात्र मुख्यमन्त्रीलाई समर्थन गर्ने नागरिक उन्मुक्तिको मुख्य मुद्धा रहेको छ। आफ्ना नेता रेशम चौधरीको रिहाइ मुख्यमन्त्रीलाई समर्थन गर्ने मुख्य ‘बटम लाइन’ रहेको संसदीय दलका नेता रामेश्वर चौधरी बताउँछन्।

मुख्यमन्त्रीकाे पदवहाली गरेलगत्तै काठमाण्डाैं हानिएका रावल उतै छन् तर निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीसँग अझै ठोस समझदारी भइनसकेकाले विश्वासको मत लिने दिन पनि अनिश्चित भएको हो । काठमाडौंमा मुख्यमन्त्री रावलले नागरिक उन्मुक्तिका सांसदहरु तथा नेताहरुसँग आफ्नो र प्रधानमन्त्रीसहित शीर्ष तहको राजनीतिक भेटघाट गराएर समझदारीको प्रयत्न गरिरहेका छन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहल (प्रचण्ड), एमालेका अध्यक्ष केपी शर्मा ओली लगाएतका नेताहरुसँग भेटघाट तथा छलफल गरेका छन्।

केन्द्रीय नेताहरुलाई नागरिक उन्मुक्तिको मुद्दा सम्बोधन गर्न र विश्वासको मतका लागि वातावरण बनाउन उनले आग्रह गर्दै आएका भएपनि नागरिक उन्मुक्ति पार्टीसँग ठाेस कुनै सहमित नभएकाेले प्रदेशसभा विजनेश शुन्य रहेकाे हाे ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.