काठमाण्डाै केन्दीत सुदूरपश्चिमका मुख्यमन्त्रीकाे दिनचर्य कारागारदेखि नेताका घर

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र सिंह रावल यतीवेला काठमाण्डाैमा नेताहरुको घर, डेरा र कारागार धाउनमै व्यस्त देखिएका छन् । उनी निकटका केही नेता कार्यकर्ताहरुले दैनिक मिनेट–मिनेटमा सामाजिक संजालमा सुदूरपश्चिमका मुख्यमन्त्री यता भन्दै रावल घरी डील्लीबजार कारागार, घरी बालकोट, घरी बालुवाटार गएका सामुहिक तस्वीरहरु पोष्ट्याई रहेका छन् ।

मुख्यमन्त्री नियुक्त भएदेखि दुई दिन मन्त्रालयमा नबसेका उनी संगै एमालेका सुदूरपश्चिमका केही नेता र प्रदेश सांसदहरु पनि काठमाण्डाै हानिएकाे हप्ता दिन बित्न थाल्याे । मुख्यमन्त्री रावल यति सम्मकी प्रदेश सरकारको जननी मानिने प्रदेशसभा दिवसमा उपस्थित हुन नसक्नुले पुुष्टी हुन्छ की उनी कति व्यस्त र तनावमा छन भन्ने कुराको ।

सुदूरपश्चिमका  मुख्यमन्त्री रावल प्रदेश सभाका सांसद लगेर केन्द्रीय कारागार डिल्ली बजारदेखि बालकोट, धुम्बाराही हुँदै बालुुवाटारमा डिउटी गरीरहेको खुल्न आएको छ । उनको आजभोलीका दैनिकी त्यसरीनै वितिरहेको श्रोतले बताएको छ । श्रोतकाअनुसार रावल निकै तनावमा छन् । सुदूरपश्चिम प्रदेश सभाले बोलाएको बैठकको समय नजिकीदै लाग्दा आफ्नो नेतृत्वको सरकार कसरी जोगाउने भन्नेमा उनी चिन्तित छन् ।

जती सकीन्छ चाँडो विश्वासको मत लिने मनस्थीतीमा रहेका रावललाई सुदूरपश्चिममा निर्णायक शक्तिका रुपमा रहेकाे नागरीक उन्मुुक्ती पार्टी र नेकपा (एकीकृत समाजवादी पार्टी) ले उनको निदहराम गरेको श्रोतले बतायो । नागरीक उन्मुक्तीले रेशम चौधरीलाई जेलमुक्त गरे मात्रै विश्वासको मत दिने अडान लिएको छ भने समाजवादीले सदनमै बहुमत सिद्ध गरेर सरकार सञ्चालन गर्न चुनौति दिएको छ । त्यसकारण पनि रावल सुदूरपश्चिम छाेडेर काठमान्डौं केन्द्रीत भएका हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.