धनगढी । नेकपा माओवादी केन्द्र समर्थक नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती सुदूरपश्चिम प्रदेशकाे पहिलाे सम्मेलन सम्पन्न भएकाे छ । आईतवार स्वास्थ्य तालिम केन्द्र धनगढीकाे सभाहलमा आयाेजित सम्मेलनकाे बन्दसत्रले प्रदेश कार्यसमितिकाे चयन गरेको हाे ।
अधिवेशनले चन्द्रप्रसाद जाेशीलाई सुदूरपश्चिम प्रदेश अध्यक्षमा सर्वसम्मत् रुपमा चयन गरेको हो । संगठनको प्रदेश वरिष्ठ उपाध्यक्षमा कृष्णराज जाेशी, महिला उपाध्यक्षमा शान्ति बलम्पाकी, महेशकुमार पन्त, विवेक तिमिल्सेना, मदनराज जाेशी र नरेन्द्रराज जाेशी चयन भएका छन् । यस्तै सचिवमा खगेन्द्र विक र सह-सचिवमा वलबहादुर धामी, महेश भट्ट, भवानी ऐडी, डम्मर रावल, रामसिंह धामी रहेका छन् । काेषाध्यक्षमा भूमिराज उपाध्याय र सह-काेषाध्यक्षमा पुथ्वीराज पन्त रहेका छन् ।
यस्तै कार्यसमिति सदस्यमा खगेन्द्र सिंह कार्की, मदन सिंह कुँव,र दिपकवहादुर बुढा, माधवराज जाेशी, हरीवहादुर बाेहरा, नरेन्द्र बुढा, रमेश न्याैपाने, रमेश राज भट्ट, अमरवहादुर कुँवर, टंक ओझा, कृष्ण नाथ, गणेश पाण्डेय, भरत वहादुर ऐर, ललित नेगी रहेका छन् । यस्तै सम्मेलनले तीन जानाकाे सल्लाहकार समिति पनि बनाएकाे छ । जस्काे संयाेजकमा देवराज जाेशी सदस्यहरुमा आङसिंह डाँगा र देवसिंह बडाल चयन भएकाे बताइएकाे छ ।
अधिवेशनमा निर्वाचन समितिका संयोजक रहेका नेपाल राष्टिय कर्मचारी महासंघका सुदूरपश्चिम प्रदेश इन्चार्ज भोजराज ओझा र नेपाल राष्टिय कर्मचारी संगठन (निजामति) सुदूरपश्चिम प्रदेशका इन्चार्ज बलदेव कपाडीले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र वितरण गरेका थिए । नवनिर्वाचित अध्यक्ष जोशीले कर्मचारीको पेशागत हकहितका लागि संगठनका तर्फबाट आफूले दृढताका साथ काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले संगठनका सबै सदस्यको भावनाअनुसार संगठनलाई अगाडि बढाइने बताए ।
त्यसअघि संगठनका प्रदेश इन्चार्ज बलदेव कपाडीको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन समारोहमा सुदूरपश्चिमका निर्वतमान मुख्यमन्त्री त्रिलोचन भट्ट प्रमुख अतिथि तथा नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सचिव जनक बुढा लगायत अतिथिहरुले अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।